कालिकाेट । कर्णाली राजमार्गमा यात्रुले बर्सेनि सास्ति खेप्नु परेकाे छ । नत सडक सुधार हुन्छ नत यात्रुलाई आरामदायी यात्रा । बर्सेनि सरकारकाे लगानी बालुवामा पानी भने जस्तै लगानी खेर मात्र जान्छ । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिएको छ ।
सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमाेड,गगने खाेलामा सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको हो । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले जानकारी दिएका छन् ।
उनले भने हुल्मदेखि दहीखाेलामा पहिरो खसेको खबर छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ । सडक मर्मतमा सराेकारवालाकाे ध्यान गएकाे देखिदैन ।