बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गरेका छन्। अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोग पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्नुपर्ने बताए .
त्यस्तै उनले राणाकालदेखि नै अहिलेसम्म पनि तराईका किसानहरुलाई पेल्ने गरिएको गुनासो गरे। उनले भने,‘राणाकालदेखि नै चलिआएको हो, तराईको किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन्। राणाशासनदेखि नै यही चल्दै आएको छ। कहिले हुन्छ किसानको समस्या समाधान यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ। हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि, समस्या पनि हल गर्ने हो ? समस्या समाधानको नाममा धेरै अनुदान र सहयोहरु पनि आएको छ। तीनैलाई उपयोग गरे अहिलेको समस्या हल भइहाल्छ नि। त्यो राज्यले गर्नुपर्यो।’