काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।
Advertisement
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् ।
नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ गोलअन्तरले हरायो । बंगलादेशले भुटानलाई पहिलो खेलमा ३–१ ले हराउँदा भारतसँग २–० ले पराजित भयो ।
प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भएपनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रोमा छ ।