रुकुम पश्चिम । जिल्लाको सानीभेरी गाउँपालिकाका एकजना लाई मानव तस्करीको आरोपमा प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ ।
Advertisement
मानव तस्करीको उजुरी परेपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको आग्रहमा इप्रका तुलसीपुरले बुधबार तुलसीपुरबाट शेरबहादुर वलीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका वली रूकुम पश्चिमको सानोभेरी २ का बासिन्दा हुन् ।
अमेरिका पठाउने भन्दै करोडौं रकम असुलेको आरोपमा उनीविरूद्ध मुद्दा दर्ता भएको छ । अर्का सानोभेरी-७ का शशीराम रावत भने फरार रहेका छन् ।