• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

मृत्युको छायाँमा बाँचिएको जीवन

"आइसियुको बेड नम्वर १० मा मृत्यु सङ्ग लडिरहेको एउटा मान्छे जो अर्धचेत अवस्थामा छ  "

  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
  • नाम : अर्जुन बिष्ट
    बेड नम्वर :१०

    Advertisement

    यो आवाज नेपालगन्ज मेडिकल कलेज को आइसियुमा गुन्जिरहन्छ । भित्री वातावरण सुनसान छ । तर मनमा बर्खाको बाढी आएजस्तो छ ।

    “एउटा पर्दा पछाडि कोही सास गन्दैछ,
    अरू पर्दा पछाडि कोही सास गुमाउँदैछ…”
    पर्दाको घेरा भित्र जिवनको अन्तिम घडी हेर्दै
    आइसियुको बेड नम्वर १० मा मृत्यु सङ्ग लडिरहेको एउटा मान्छे जो अर्धचेत अवस्थामा छ ।

    यही हो । आइसियु (Intensive Care Unit) जीवन र मृत्युको साँघुरो पुल जहाँ प्राविधिक औजारहरू साक्षी हुन्छन् जीवनको अन्तिम वा पुनर्जन्मको लडाइँका लागी एक यस्तो ठाउँ हो जहाँ जीवन र मृत्युको बीचमा संघर्ष गरिरहेका बिरामीहरूलाई अत्यन्तै सावधानीपूर्वक निगरानीमा राखिन्छ। यहाँको प्रत्येक पल, प्रत्येक सास, र प्रत्येक उपचारले मानिसको जीवनलाई फर्काउने सामर्थ्य राख्छ। भने कसरतकै क्रममा कतिपयले ज्यानै गुमाउनुपर्छ । मेरो लागि अस्पतालको बसाई पहिलो अनुभव एक भिन्न संसार थियो ।आइसियुको बसाई उसो त आइसियु कुनै सामान्य वार्ड होइन। यो त्यो ठाउँ हो, जहाँ जिन्दगी शान्त रहन्छ, तर हरेक क्षण एक किसिमको युद्ध जारी हुन्छ। भेन्टिलेटरको आवाज, मोनिटरमा झिमिकझामिक गरिरहने संख्या, अनि अस्पतालका नर्सहरूको छिटो-छरितो पाइला यी सबैले बताउँछन्, यहाँ समयसँग होड चलिरहेको छ। मृत्यु सङ्गको लडाई चलिरहेको छ ।

    साउन १७ गतेको त्यो घटना जसले जीवनमा मृत्यु मात्रै निस्वास रहेछ । भन्ने उदाहरण लाई प्रष्ट पार्यो । रुकुम पश्चिमको आठबिसकोट ८ स्थित खानेपानीको आयोजना बारे रिपोर्टिङमा हिडेको मान्छे म एकै पटक नेपालगन्ज मेडिकल कलेजको आइसीयुको बेड नम्वर १० मा ब्युँझदा सपना जस्तै लाग्यो । २४ घण्टाको बेहोस यात्रा पछि अक्सिजनको सहायतामा सास बाँकिरहेको मलाई लेकदेखि बजार सम्म साथिहरुले बोकेरै ल्याएछन्। जब अस्पताल पुग्न पुल थिएन, बाटो थिएन सहकर्मीहरू काँध बनेर खोला पार गराउँदै आठबिसकोट नगर अस्पताल सम्म पुर्याए । त्यहाँबाट पनि उपचार सम्भव नभएपछि नेपालगन्ज सम्म पुर्याउदा सम्म मलाई होस आएन । जिउँदो लास बनेको मलाई नेपालगन्ज अस्पतालको आइसियुमा राखेपछी लामो समयपछि म होस मा फर्किएछु । डाक्टरहरुले डिहाइड्रेशन, रक्तचाप अचानक घटेको र हृदयसम्बन्धी समस्या का कारण एक्कासी बेहोस भएको कुरा साथिहरुबाट सुने तर अक्सिजनको मात्रा न्युन भएका कारण क्षणमै बेहोस हुने अवस्थामा पुगेछु ।

    न्युनतम ३ हजार मिटर देखि ६ हजार मिटर उचाइका अग्ला हिमाल चढ्ने ट्रेकिङमा रुचि राख्ने मलाई लेक लाग्ने कुरै थिएन्। त्यस माथि हामी त्यो दिन २३ सय मिटर उचाईमा मात्रै थियौ । एक्कासी बेहोस हुनुको कारण म आफैलाई अचम्म लागि रहेको छ । मेडिकल रिपोर्टमा न कुनै समस्या देखियो । न त कुनै कारण पत्ता लाग्यो । तीन दिने अस्पताल बसाईको अनुभवले मलाई जिन्दगीभर जिवनको मुल्याङ्कन गरिरहने छ । झन आइसियुको अवस्था बारे कुरै नगरम भित्र कोही आफ्ना प्रियजनसँग बोल्न सक्दैन, तर तिनको छेउमा बसेको नर्स सायद सास गन्ती गर्दै हुन्छ । जिवनमा नदेखिएको पीडा आइसियुमा देखिने रहेछ । बाँच्ने आशा नभएको मलाई फेरी जन्म लिएको अनुभुती भएको छ । घरपरिवारको रुवावासी र प्रत्येक सासमा मृत्यु सँगको लडाइले मलाई कम्जोर मात्रै बनाएन । शारिरिक र मानसिक रुपमा अर्धचेत बनाइदियो ।

    बाहिर कुरुवाहरूको आँखामा प्रश्न हुन्छ
    “के होश खुल्ला?”,
    “के अझै आशा बाँकी छ?”
    कति बेला होस खुल्छ?
    अहिले कस्तो छ?
    भित्रको बेहोस बिरामीले त त्यो आवाज सुन्दैन, तर परिवारको त्यो आँखा भिजेको हुन्छ। जसले प्रार्थना गरिरहेको हुन्छ ।भर्खरै भित्रिएको मुटुको रिपोर्ट ठीक होस् भनेर प्रार्थना गरिरहेको परिवालाई कतिबेला मृत्युको खबर पुग्ने हो पत्तै नहुने रहेछ ।

    कोही युवा आमालाई देख्दा सम्झिन्छन् आफ्नै आमा,
    कोही आमा युवालाई देखेर डराउँछन् । “हाम्रो छोरालाई के भयो होला?” आइसियुमा यस्तै दृश्यले मन चिसो पार्ने मात्रै होइन्। आत्मबल पनि घटाउदो रहेछ ।समयसँगको लडाइँ न हो कहिले २४ घण्टा भेन्टिलेटरमा बस्नु पर्छ, कहिले रक्त चाप अस्थिर हुन्छ, कहिले डायलिसिस चलिरहेको हुन्छ। आइसियुमा समय स्थिर देखिए पनि हरेक सेकेन्डको मूल्य लाखौं हुन्छ। आइसियुको बसाइ एउटा संघर्षको कथा हो – जहाँ बिरामी मृत्युको मुखबाट फर्किन्छन् वा कहिल्यै फर्कदैनन्। यसले स्वास्थ्यप्रति चेतना जगाउँछ, परिवार र जीवनको महत्व बुझाउँछ, र चिकित्सा विज्ञानको अद्भुत क्षमताको झल्को दिदो रहेछ ।

    नर्सहरूले हरेक मिनेट बिरामीको सुचकांक लेखिरहेका हुन्छन्। चिकित्सकहरू हरेक रिपोर्टमा झन चनाखो बनिरहेका हुन्छन ।
    एक सामान्य मुस्कान – “आज केही सुधार छ” भन्ने कुरा – कुरुवाहरूका लागि देवताको दर्शन बराबर लाग्दछ । जसले आइसियुको बसाइ भोग्छ, ऊ पहिले जस्तो रहँदैन।
    शरीर थाकेको हुन्छ, आत्मा गहिरो अनुभूति बोकेको हुन्छ । “म फेरि जन्मिएको छु । एउटा जिन्दगीको पाठशाला आइसियुले मृत्यु नजिकबाट देख्न सिकाउँदो रहेछ ।
    यो केवल एक उपचार केन्द्र होइन । यो मानव संवेदना, प्राविधिक क्षमता र अदृश्य शक्तिमा विश्वास राख्ने ठाउँ हो।

    आइसियुबाट जो फर्किन्छन्, उनीहरूको कथा हुन्छ।
    जो फर्किँदैनन्, उनीहरूको सम्झना सधैँ पर्दाको त्यो भित्री सासमा बाँच्छ “आइसियु – जहाँ शान्तिसँग युद्ध लडिन्छ र कहिलेकाहीँ बाँचिएको सास त्यो युद्ध जितिन्छ।” मैलेपनी मृत्युको पर्दालाई च्यातेर युद्ध जिते जसको प्राप्ती जिवन थियो । आइसियुको बेड नम्वर १० ,१३ र १६ अर्थात् मेरो दोस्रो जन्म भएको ठाउँ ।

    बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो
    आज फेरी बढ्यो सुनको मूल्य
    खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?
    घट्यो पेट्रोलको मूल्य
    रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन
    रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • २.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ३.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    • ४.
      घट्यो पेट्रोलको मूल्य

    • ५.
      रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

    • ६.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ७.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ८.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.