सुर्खेत । सुर्खेतमा हतियार र लागुऔषधसहित २ जना पक्राउ परेका छन्। उनीहरु बाट सेमी अटोमेटिक टाइप ७७ चाइनिज पेस्तोल १ थान, १२ राउण्ड गोली र नाइट्राजेपाम १४६ पत्ता (१४२६ ट्याब्लेट) सहित २ जना पक्राउ परेका हुन।
Advertisement
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।