• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

आज घट्यो सुनको मुल्य

विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

आज सुनको मुल्य घट्यो

लोकप्रिय समाचार

  • १. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • २. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ३. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ४. सुनको मुल्यमा भारी वृद्धि

  • ५. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ६. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

  • ९. फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

  • १०. आज सामान्य बढ्यो सुनको मुल्य

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ । एउटै वडा एउटै गाउँ हो भुजुङ ।

    Advertisement

    जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ । गाउँको उत्तरतर्फ घना जङ्गल, घाँसे मैदान र खर्कका साथै लमजुङ हिमाल, अन्नपूर्ण हिमाल देखिन्छ । गुुरुङ समुदायका परम्परागत रीतिरिवाज, वेषभूषा, भाषा, संस्कृति र पहिचानलाई जीवन्त राखिएको भुजुङ समाजका पूर्व अध्यक्ष तथा घरबास सञ्चालक रामचन्द्र गुरुङले बताए ।

    उनले प्राचीन शैलीका घुमाउने घर जस्ता संरचनाले यहाँ आउने जो कोही लोभिने बताए । कूल ५०० घरधुरी रहेको यस गाउँमा ३३ घरमा घरबास सञ्चालन गरिएका छन् । भुजुङ सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गुुरुङका अनुसार गाउँमा २०६३ सालदेखि घरबास सञ्चालन गरिएको हो । हाल घरबासमा दैनिक ५० देखि ६० जना पर्यटक आउने गर्छन् ।

    पर्यटकलाई स्थानीयले आतिथ्यतासँगै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालुका परिकार र कोदोको रक्सी, खसी कुखुराको मासु ख्वाउने गरेका छन् । स्थानीयले भुजुङलाई लुकेको गाउँसमेत भन्न रुचाउँछन् ।

    यस गाउँमा ९० प्रतिशत गुरुङ छन् । त्यसैले गुुरुङ समुदायको संस्कार र संस्कृति नियाल्ने महत्वपूर्ण थलो बनेको छ । गाउँको सौन्दर्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्दै गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने लक्ष्य स्थानीयको छ ।

    गाउँका प्राचीन गुम्बा, चिया बगान, सन्तानेश्वर महादेव मन्दिरलाई पर्यटकीय रुपमा उपयोग गरिने होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङले बताए । सन्तान प्राप्त नभएका दम्पत्तिले यहाँस्थित सन्तानेश्वर महादेव मन्दिरमा पूजाआजा गरेमा सन्तान प्राप्त हुने विश्वास छ ।

    यहाँ पहिलो पटक २०६४ सालमा भुजुङ महोत्सव आयोजना गरिएको थियो । त्यसयता विभिन्न चरणमा प्रवद्र्धनात्मक कार्यक्रम गरिँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीयको आय–आर्जनका लागि घरबास पर्यटन सुरुवात गरिएको थियो । सो कार्य नै यहाँको पर्यटकीय विकासका लागि बरदान सावित भएको छ । सुरुमा १५ वटा घरबाट सुरु गरिएको घरबास अहिले ३३ घरमा विस्तार भएको छ ।

    भुजुङको पर्यटकीय विकासलाई लक्षित गरी यस गाउँलाई गुुरुङ सम्पदा पदमार्गमा समेटिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए ।

    “कास्की, लमजुङलगायत यहाँका विभिन्न गुरुङ गाउँबाट सुरु गरी दूधपोखरी, गुरुङ देउरालीलगायतका स्थान समेट्दै प्राचीन नून बोक्न जाने मार्ग, भेडीगोठ र खर्क जोड्ने मार्गलाई हामीले गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेका छौँ”, उनले भने, “यस पदमार्गमा भुजुङलगायतका गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै स्थानीयको आयआर्जन बढाउने लक्ष्य छ ।”

    सङ्घको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्होलासोथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाको सहयोगमा हालै भुजुङसहित सिङ्दी, पसगाउँ, घनपोखरा हुँदै चार हजार ६०० मिटर उचाइको धार्मिक पर्यटकीय गन्तव्य दूधपोखरीसम्म खोज तथा अन्वेषणत्मक पदयात्रा गरिएको छ ।

    जथाभावी बाटो खन्दा पदमार्ग मासिँदै गएकाले पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्पका रुपमा गुरुङ सम्पदा पदमार्ग विकास गर्न लागिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिए । रासस

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला
    कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
    आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
    आज घट्यो सुनको मुल्य
    विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    लोकप्रिय

    • १.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • २.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      सुनको मुल्यमा भारी वृद्धि

    • ५.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ६.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

    • २.
      कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ३.
      आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

    • ४.
      आज घट्यो सुनको मुल्य

    • ५.
      विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    • ६.
      नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    • ७.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ८.
      विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.