निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको प्रकोप सुरु भएको छ।
Advertisement
यसैबीच उदयपुरमा बाढीले सतर्कता तह पार गरेकाले नजिकका बासिन्दालाई होसियारी रहन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
आज जेठ २१ गते बिहान ६:३० बजे चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ: चहका खोला, उदयपुरमा नदीको सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र आसपास दिउँसोसम्म सतर्कता अपनाऔँ।