जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार, जेठ २१) दिउँसो र राति कहाँ-कहाँ वर्षा तथा हिमपात हुन्छ भन्ने प्रक्षेपण गरेको छ।
Advertisement
आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।