भारतको कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंककारी आक्रमणपछि सिर्जित भारत र पाकिस्तानको युद्धमा लाखौँ नेपालीजोखिममा परेका छन् । नेपालीहरु रोजगारी, अध्ययन र अन्य कामको क्रममा भारतमा बस्दै आएका छन् । दुवै देशले एकपछि आक्रमणगरिरहदा भारत र पाकिस्तानमा रहेका नेपालीहरु जोखिममा परेका हुन् ।
परराष्ट्र मन्त्रालयले दुबै देशमा रहेका नेपाली बिधार्थी सँग निरन्तर सम्पर्कमा रहेको जानकारी गराएपनी हाल सम्म सिमानाका वाजोखिम क्षेत्रमा रहेका नेपालीहरुलाई स्वेदेश फिर्ता ल्याउन वा सुरक्षात्मक कदम भने सरकारले गरेको छैन्।युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीनागरिकको सुरक्षाका लागि सरकारले विशेष तयारी गरेको जनाएको छ । नेपाली नागरिकलाई युद्धग्रस्त क्षेत्रमा नजान सरकारलेएडभाइजरी जारी गर्ने तयारी पनि गरेको छ ।
तथ्यांकअनुसार भारतमा ८ देखि १० लाखको संख्यामा नेपाली बस्छन् । तीमध्ये अधिकांश अध्ययन, कृषि, उद्योग, व्यापार आदि क्षेत्रमारोजगारीमा छन् । भारतमा सुरक्षा गार्डको काम गर्ने नेपालीहरू पनि प्रशस्त छन् । भने पाकिस्तानमा नगण्य नेपालीहरू बसिरहेका छन् ।
इस्लामावादस्थित नेपाली दूतावासकी तृतीय सचिव वृन्दा सुवेदी खड्काका अनुसार पाकिस्तानमा २०० को हाराहारीमा नेपालीहरू छन् ।तीमध्ये अधिकांश विद्यार्थी हुन् । नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान जाने गरेका छन् ।
वैदेशिक अध्ययनका लागि विभिन्न देश जानुअघि नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिने कुराअनिवार्य गरेको छ ।