नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले शिक्षक महासंघको आन्दोलनमा दुर्गा प्रसाईँका कार्यकर्ताहरुको घुसपैठ भएको जस्तो देखिएको बताएका छन्् ।
Advertisement
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गर्ने, प्रधानमन्त्री ओलीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउने जस्ता कार्य शिक्षकहरुको पेशागत मर्यादाभित्र नपर्ने बताएका हुन् । शिक्षकहरु अब कार्यक्षेत्रमा फर्कनुपर्ने बताए ।
एक रेडियो कार्यक्रममा बोल्दै थापाले शिक्षकहरुले प्रधानमन्त्री बिरुद्ध अपमान हुने शब्द बोलेको भन्दै आन्दोलनमा दुर्गा प्रसाईका कार्यकर्ता घुसेको जिकिर गरे ।