पाल्पामा आगो निभाउने क्रममा जलेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-७ पालुङमैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताउनुभयो ।
पालुङ कोर्तुङस्थित पालुङ सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममासर्तुङ्गे भिरबाट लडेर आगोमा जल्नु भएको थियो । भिरबाट २० मिटर तल आगो लागिरहेको ठाउँमा उहाँको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आगोमा जलिरहेको अवस्थामा आज विहान स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय मुझुङमा खबर गरेका थिए । खबर लगत्तै इकालाका प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयाट खटेको प्रहरी टोलीले सर्तुङ्गेलाई उद्दार गरे पनि मृत्यु भइसकेको थियो ।प्रहरीले प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।