अहिले बुधबार बेलुका देखि काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ। दिनभर धुम्म भएको उपत्यकाको मौसममा बदली आइ बेलुकीपख देखि हावाहुरी सहितको वर्षा भैरहेको हो ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकाका कतैकतै हल्का वर्षा भइरहेको छ। साथै हावाहुरी पनि चलिरहेको छ। भने धेरै ठाउँहरुमा मेघगर्जनसहित हल्का पानी परिरहेको अवस्था छ ।
काठमाडौं उपत्यका सहित बाग्मती प्रदेशका अधिकांश ठाउँहरुमा वर्षा भैरहेको मौसम महाशाखाले जानकारी दिएको छ । गण्डकी प्रदेशको पहाडी भूभाग र बाग्मती प्रदेशमा वर्षा भैरहेको जनाइएको छ ।