काठमाडौं । अन्तराष्ट्रीय महिला दिवसको अवसरमा शान्ती महर्जन सम्मानित भएकी छन्। काठमाडौं को चन्द्रागिरी नगरपालिका द्वारा महिला अधिकार क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको भन्दै महर्जन लब्धप्रतिष्ठित महिला सम्मान कार्यक्रम मार्फत सम्मानित भएकी हुन्।
उनले महिला अधिकारको पक्षमा काम गर्दै आएकी छन्। मार्च ८ अन्तराष्ट्रीय महिला दिवसको अवसरमा एक कार्यक्रमका विच उनलाई सम्मान पत्र सहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।