काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । आज शुक्रबार सुन १ लाख
७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Advertisement
बिहीबार सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ्।चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।