काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी भइरहेको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् ।
Advertisement
आज साँझसम्म ल्याइपुर्याउने कुरा भएको प्रकृतिकी फुपू सीता ढकालले जानकारी दिएकी छन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबरपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर आफूहरुलाई न्याय चाहिएको बताएका थिए ।
गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत भेटिएकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए ।