आठबिसकोट । अमेरिकाको भर्जिनियामा कार दुर्घटना मा परी ज्यान गुमाएका रुकुम पश्चिमको आठविसकोट नगरपालिका ७ औँलका सुरेश केसीको घर परिवारलाई सहयोग गरिएको छ । मृतक केसीको परिवारलाई अमेरिकामा बस्दै आउनु भएका आठविसकोट नगरपालिका १२ निवासी समाजसेवी झलक कुसारीको पहलमा जुटेको ६ लाख ८३ हजार ६ सय ६८ रुपैया आज सुरेशको परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो ।
समाजसेवी कुसारीको पहलमा सकंलन भएको पैसा आज उनको परिवारलाई घरमै पुगेर हस्तान्तरण गरिएको नेकपा माओवादि केन्द्र आठविसकोट नगर समिती अध्यक्ष मनिराज बटालाले जानकारी दिनुभयो । समाजसेवी कुसारीका अनुसार थोरै भए पनि घरपरिवारलाई राहत होस भन्ने उद्देश्यले सहयोग गरिएको बताईएको छ ।
सहयोगी मनहरुलाई पिडित परिवारले धन्यवाद दिएका छन । सहयोग हस्तान्तरण कार्यक्रममा आठविसकोट १२ का वडा अध्यक्ष खम्बे कुसारी, ७ नम्बर वडा अध्यक्ष अमृत बुढा , नेपाली काँग्रेसका नेता तिलक खत्रेर लगाएतको सहभागीता रहेको थियो । सुरेशको गत मसिंर ७ गते अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी ज्यान गएको थियो ।