सानिभेरी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित माैराखारा गुरिल्ला म्याराथनको सातौँ संस्करणको पुरुष तर्फ रुकुम पश्चिमका दुर्गा बुढा प्रथम भएका छन्। उनले निर्धारित ४८ किलोमिटर दुरी ४ घण्टा ५२ मिनेटमा पार गर्दै प्रथम भए ।
Advertisement
त्यस्तै रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ का भलाचौरका भुवन ओली द्वितीय भएका छन। उनले निर्धारित दुरी ४ घण्टा ५३ मिनेटमा पार गरे ४ घण्टा ५७ मिनेटमा दुरी पार गरेका जुम्लाका शेरबहादुर बुढा तेस्रो भए तेस्तै रुकुम पूर्वका शक्तिराम बुढा चाैथाे र रुकुम पश्चिमको सानीभेरी ३ का अर्जुन बस्नेत पाँचाैं भएका छन्।