• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रोनाल्डोको शानदार कमब्याक : उज्वेकिस्तान विरुद्ध ५-० ले बिजयी

आज घट्यो सुनको मुल्य

आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

सानीभेरी गाउँपालिका अस्पतालका सुरक्षा गार्डको शव नदी किनारमा फेला

दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार

लोकप्रिय समाचार

  • १. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • २. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ३. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ४. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

  • ५. कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ६. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • ७. सानीभेरी गाउँपालिका अस्पतालका सुरक्षा गार्डको शव नदी किनारमा फेला

  • ८. आज घट्यो सुनको मुल्य

  • ९. फिफा विश्वकप : हाईटीको गोलपोष्टमा ब्राजिलको गोल वर्षा, पहिलो हाफमा ३ गोल

  • १०. श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार

अमेरिकामा ईञ्जिनियरिङ सकेर गाउँ फर्की कागती खेती

  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
  • दाङ । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गरेका छन् । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बसेका उनले विगत दुई वर्षदेखि आफ्नै पुर्ख्यौली थलोमा व्यावसायिक कागतीखेती गरेका हुन् ।

    Advertisement

    उनले तीन वर्षमा उत्पादन दिने सुन कागतीका बिरुवा गत वर्ष पर्वतबाट ल्याएर रोपेका थिए । गत वर्ष रोपेका केही बिरुवामा यो वर्षदेखि फल लाग्न सुरु गरेको भन्दै प्रतीक भन्छन्, “सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गरेको भनिन्छ तर यहाँ दुई वर्षमै कतिपय बिरुवामा फल लागेको छ ।” बोट सानो भए पनि यो वर्ष लागेका फल परीक्षणका रूपमा रहन दिएको भन्दै उनी आगामी वर्षदेखि बिरुवाले व्यावसायिक रूपमा उत्पादन दिनेमा विश्वस्त रहेका छन् ।

    सुन कागती व्यावसायिक खेतीका लागि राम्रो मानिएकाले आफूले पर्वतबाट ल्याएको बताउँछन् । तेरौटेमा रहेको करिब चार बिघा जग्गा भाडामा लिएर एक हजार पाँच सय ५० बिरुवा रोपेको लोहनी बताउँछन् ।

    कागतीखेतीका लागि आवश्यक प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आएका लोहनीले कागतीखेतीमा गोडमेल तथा हेरचाह गर्न दुई जनालाई रोजगारी दिइरहेका छन् । धेरै बिरुवा भएकाले एक्लै हेरचाह गर्न नसकिने र फार्ममा काम भइरहने भएकाले स्थानीय दुई जनालाई रोजगारी दिएको बताउँछन् । कागतीलाई बढाउँदै लग्ने सोचमा रहेका उनले प्रतिकट्ठा वार्षिक रु तीन हजार तिर्ने गरेको बताए ।

    सुक्खा ठाउँ भएकाले थोपा सिँचाइ प्रविधिका माध्यमबाट प्रत्येक बोटमा पानी पुर्‍याउने व्यवस्था गरिएको छ । विगत लामो समयदेखि उपभोग हुन नसकेको जमिनलाई खनजोत गरेर व्यावसायिक खेतीमा लागेका लोहनी तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्नेगरी लागेको बताउँछन्। त्यही सोचअनुसार तेरौटेमा अहिले कागती, टमाटरलगायत व्यावसायिक तरकारीखेती भइरहको उनी बताउँछन्। गाउँलाई ग्रिन भिलेजका रूपमा विकास गर्नका लागि पेसाले सिभिल इन्जिनियर भए पनि गाउँमै बसेर कागतीखेती गर्न थालेको बताउँछन् ।

    अमेरिकाबाट फर्किएर केही वर्ष काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा काम गर्नुभएका लोहनीले भने, “अरुको मात्र कति काम गर्ने आफ्नो पनि केही काम गरौँ भन्ने सोचले कागतीखेतीमा जोडिएको छु”, अन्य तरकारीको तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कमसँगै उत्पादन बढी लिन सकिने र उत्पादन बिक्रीका लागि समस्या नहुने भएकाले कागतीखेतीमा लागेको उनी बताउँछन् ।रासस

    • कागती खेती
    बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोनाल्डोको शानदार कमब्याक : उज्वेकिस्तान विरुद्ध ५-० ले बिजयी
    आज घट्यो सुनको मुल्य
    आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प
    विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी
    समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट
    रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

    लोकप्रिय

    • १.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • २.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ३.
      रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

    • ४.
      दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

    • ५.
      कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ६.
      विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

    भर्खरै

    • १.
      रोनाल्डोको शानदार कमब्याक : उज्वेकिस्तान विरुद्ध ५-० ले बिजयी

    • २.
      आज घट्यो सुनको मुल्य

    • ३.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ४.
      विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

    • ५.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ६.
      रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

    • ७.
      सानीभेरी गाउँपालिका अस्पतालका सुरक्षा गार्डको शव नदी किनारमा फेला

    • ८.
      दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.