• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

नेपाली आरोही पाण्डेले गरे दक्षिण अमेरिकी महादेशको उच्च शिखर आरोहण


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गरेका छन् । यही फेब्रुअरी ६ तारिखमा अर्जेन्टिना स्थित माउण्ट अकोन्कागुआको सफलतापूर्वक आरोहण गरेका हुन् । आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समय अनुसार बिहान ७ः५० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएका थिए ।

    Advertisement

    सातै महादेशका सर्वोच्च शिखरहरुको आरोहण गर्ने अभियान अन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गरेका थिए । पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उनको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उनको यो ११ औं आरोहण हो ।

    उनी २०२२ देखि यस अभियानमा रहेका छन् । यस अभियानमा उनीसँग किर्तिमानी पर्वतारोही चतुर तामाङ्ग पनि रहेका छन् । अन्य मुलुकमा पनि पर्वतारोहणमा सक्रिय रहेका पर्वतारोही तामाङ्गले सातपटक सगरमाथा आरोहण गरिसकेका छन् । आरोही पाण्डेले यसअघि आरोही तामाङ्गसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउण्ट एलब्रुस चढेका थिए भने पाण्डेले तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जारोको पनि सफल आरोहण गरिसकेका छन् । उनले स्वदेशमै रहेको किलर माउन्टेन भनिने मनास्लु हिमाल र टेक्निकल मानिएको आमादब्लम हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।

    उचाई धेरै नभए पनि यो आरोहण निकै चुनौतीपूर्ण रहेको आरोही पाण्डेले बताए । उक्त क्षेत्रमा छिटो छिटो परिवर्तन भइरहने मौसमका कारण यो आरोहण सगरमाथा चढे जतिकै कठिन महशुश गरेको उनले बताए । पाण्डेले मकालु आउटफिटको ब्राण्डमा हिमाल आरोहण गर्दै आइरहेका छन् ।

    संसारमै विशेष झण्डाको रुपमा रहेको त्रिकोणकार नेपाली झण्डा सहित आफु संलग्न युवा अभियान नेपाल स्काउट र रोटरी इन्टरनेशनल समेतका सामाजिक संस्थाहरुको झण्डा पनि ती संस्थाहरुको प्रतिनिधित्व गर्दै आफूले फहराउन पाउँदा खुसी लागेको उनले बताए ।

    हिमाल आरोहण अभियानकै क्रममा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताएका पाण्डेले सो सम्बन्धमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया पनि गरेको बताए । जलवायु परिवर्तनका कारणले नेपाल सहित जैविक विविधिता युक्त तथा विशिष्ट भौगोलिक अवस्थिति भएका मुलुकले अनपेक्षित क्षति र समस्याहरु व्यहोर्नु परिरहेको उनले बताए ।

    जलवायु परिवर्तनका लागि जिम्मेवारी नगन्य रहे पनि यसको असरले गरिब देशहरु गरिबीको दुश्चक्रमा झनैं फँस्ने उनको विचार छ । यसबाट बाहिर निस्कन हामीले हाम्रो जीवन पद्धति बदल्न तयार रहनुपर्ने समेत उनको राय छ । आफ्नो आरोहण भ्रमणले नेपाल र अर्जेन्टिनाको बीच दौत्य सम्बन्धमा टेवा पुग्ने र साहसिक पर्यटनको क्षेत्रमा नेपाललाई दक्षिण अमेरिकी महादेशमा थप परिचित गराउने उनको विश्वास छ ।

    सेभेन समिट अभियानमा अब उत्तर अमेरिकी महादेशको हिमाल आरोहण गर्ने लक्ष्य रहेको पाण्डेले बताए । संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमालको आरोहण मेरो लक्ष्य हो, पाण्डेले सगर्व सुनाए । सन् २०१८ मा पहिलोपटक सगरमाथा चढेका पाण्डेले क्रमशः अन्य महादेश तथा क्षेत्रका हिमालहरु आरोहण गर्दै नेपालमै आएर सगरमाथामा सेभेन समिट अभियानको समापन गर्ने योजना पनि उनको रहेको छ ।

    • पर्वत आरोहण
    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.