आठबिसकोट । सुत्केरी पछी जटिल अवस्थाको शल्यक्रिया भएकी रुकुम पश्चिम को चौरजहारी नगरपालिका ६ की २८ बर्सिया सीता बुढालाई थप उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाईएको छ । बुढाको माघ २१ गते जिल्ला अस्पताल सल्लेमा शल्यक्रिया भएको थियो ।
Advertisement
बुढाले बच्चा जन्माउन नसकेपछी शल्यक्रिय मार्फत बच्चा निकाल्दा बच्चा पेटमै मृत परेको अस्पतालले जनाएको छ । उनलाई थप समस्या थपिदैँ गएपछी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत आज उद्धार गरेर थप उपचारको लागी सुर्खेत पठाईएको छ ।