आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पाचौँ राष्ट्रपति रनिङ सिल्ड हुने भएको छ । यही माघ १५ गतेदेखि १८ गते सम्म आठबिसकोट ११ को नेपाल राष्ट्रिय माध्यामिक विधालय गत्तासैनामा हुने भएको छ । पाचौँ संस्करणको रनिङ शिल्डमा पालिका भरका १८ वटा माविका ८९४ जना विधार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
आठबिसकोट नगरपालिका युवा तथा खेलकुद विकास समितीले शनिवार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । समितिका अध्यक्ष सन्देश विकका अनुसार ५४ वटा गोल्ड मेडलको लागि २७ जना छात्र र २७ जना छात्रले प्रतिस्पर्धा गर्ने बताए ।
पाचौं राष्ट्रपति सिल्डमा सबैभन्दा बढी सहिद स्मृति नमूना माविबाट ८३ जना विधार्थी सहभागी हुने र सबैभन्दा कम सुर्योदय मावि गोतामकोट र सिस्ने हिमालय माविबाट २९/२९ जना विधार्थी सहभागी हुने बताईएको छ । पत्रकार सम्मेलनमा विधागत खेलहरुको समय तालिका बारे जानकारी गराईएको थियो ।