सानीभेरी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्ष कप हुने भएको छ । सानिभेरी गाउँपालिका वडा नम्वर ३ को आयोजनामा माघ ९ गते देखि १२ गतेसम्म पाचौं वडाध्यक्ष कप हुन लागेको हो । कप अन्तर्गत शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने छ । भलिबलको विजेताले नगद ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
Advertisement
उप विजेताले ३० हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले नगद २० हजार पुरस्कार पाउने छ । हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो पहिचान, राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । सो प्रतियोगिता संचालन वडाले प्रत्येक वर्ष गर्दै आएको छ । खुलकुद सँगै विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि संचालन हुने आयोजकले जनाएको छ ।