छबिलाल बिष्ट
सानीभेरी । माघि पर्वको अबसरमा परम्परागत रुपमा लाग्दै आएको रिम्ना धार्मिक पर्यटन मेलामा यस बर्ष पनी लाग्ने भएको छ । रिम्ना धार्मिक मेलामा महिला पुरुष भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना गरिएको छ । परम्परागत रूपमा लाग्दै आएको मेलाको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ को रिम्ना दोभानमा खेलकुद लगायतका बिभिन्न कार्यक्रम हुने भएका हुन । रिम्ना मेला व्यवस्थापन समितिले खेलकुद सहित बिभिन्न कार्यक्रम आयोजना गरेको छ ।
मेला व्यवस्थापन समितिका अध्यक्ष रविन के शी का अनुसार यही पौष २९ गतेदेखि सञ्चालन हुने पुरुष भलिबलको विजेताले नगद एक लाख सात हजार पुरस्कार पाउने छन । त्यस्तै उप विजेताले पचहत्तर हजार पुरस्कार पाउँदा तेस्रो हुने टिमले ३५ हजार पुरस्कार पाउने केशीको भनाई छ । विजयी टिम तथा खेलाडीलाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र समेत प्रदान गरिने छ । त्यस्तै महिला तर्फ को बिजेता टिमले ३० हजार उपविजेता टिमले २० हजार पाउदा तेस्रो हुनेले १० हजार पाउने उनले बताए ।
मेलामा मौलिक सांस्कृतिक नाचगानलाई प्रतिस्पर्धा को आधारमा पुरस्कार प्रदान गरिने बताईन्छ । यही २९ गतेबाट सुरु हुने मेला माघ ४ गतेसम्म लाग्ने बताइएको छ । मेलामा धार्मिक सांस्कृतिक तथा बिभिन्न नाचगान समेत हुने छन ।सानीभेरी र ठुली भेरी नदीको सङ्गम स्थल रिम्ना धार्मिक रूपमा महत्त्व बोकेको ठाउँ हो । यो ठाउँमा माघ १ गते स्नान गर्नाले पाप कटिने जनविश्वास रही आएको छ ।
