• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ

दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै

धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते

जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

लोकप्रिय समाचार

  • १. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • २. जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

  • ३. कठोर उपमेयर धन कुमारी शाही

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ६. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ९. बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

  • १०. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’


  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
  • “सुर्खेतमा बुलबुले ताल,
चौतारीमा भेट भयो यो साल”

    Advertisement

    अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ भने वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत पनि बनेको छ । 

    पहिलोपटक कर्णालीको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा आउने जोकोही पनि बुलबुले ताल हेर्न जाने गर्छन् । एकपटक गएपछि फेरि पनि घुम्न मन लाग्ने बुलबुले उद्यान क्षेत्र पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको छ । समुद्री सतहबाट करिब छ सय ५७ मिटरको उचाइमा अवस्थित बुलबुले तालमा मोटरेबल समेत सञ्चालनमा आएपछि झनै पर्यटकको रोजाइ बनेको हो । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइएको छ भने चारैतिर घुम्न र हेर्नलायक बन्दै छ । तालमा अहिले मोटरबोट शयर गर्नसमेत सकिन्छ ।
 
बाह्र हजार वर्गमिटर क्षेत्रफलमा रहेको उक्त तालको क्षेत्र बढाएर २८ हजार पाँच सय वर्गमिटर बनाइएको छ । अहिले यही तालमा दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटक बढ्न थालेका हुन् । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्छन् । दैनिक पाँच सयभन्दा बढी पर्यटकले बुलबुलेको अवलोकन गर्ने बताइएको छ ।  विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो ।

    नजिकै रहेको काँक्रेबिहारले पनि रमाइलो थपिदिन्छ । यहाँ वनभोजस्थलदेखि घुमघाम गर्न जानेहरूको घुइँचो बढ्न थालेको छ । विशेषगरी बिदाको दिन बुलबुले घुम्न जाने पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । अहिले बिदाको दिन पाँच हजारभन्दा बढी व्यक्ति बुलबुले घुम्न आउने गरेको वीरेन्द्रनगर नगर विकास समितिअन्तर्गत टिकट काउन्टरमा कार्यरत माली निर्मला बास्तोला बताउछिन्

    “अहिले दैनिक औषतमा पाँच सयभन्दा धेरै व्यक्ति बुलबुले अवलोकन गर्न आउने गर्नुहुन्छ, दैनिक टिकट बिक्रीबाट रु १५ हजार आम्दानी हुने गरेको छ । बिदाका दिनमा रु ३५ हजारसम्मको आम्दानी हुने गरेको निर्मला भनिन् । 

    अझै व्यवस्थित गर्न सुझाव 
बुलबुले घुम्न आएका आन्तरिक पर्यटकले भने नगरपालिकाले अझै उद्यान क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको औँल्याएका छन् । वनभोजका लागि आएका शिव मावि धुलियाबिटका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले उद्यानसँगै सार्वजनिक शौचालयलगायतका संरचना बनाएर व्यवस्थित गर्नुपर्ने सुझाव दिए । “अहिलेको समय भनेको हरेक नागरिकका लागि रमाइलो चाहिएको छ, त्यसका लागि उपयुक्त ठाउँ बुलबुले बनिरहेको छ, तर यसको व्यवस्थापन अझै गर्न आवश्यक देखिन्छ”, उनले भने । प्रधानाध्यापक पौडेलले सार्वजनिक शौचालयदेखि रातिको समयमा घुम्न मिल्ने वातावरण बनाउनुपर्ने सुझाव दिए। बत्ती, पानीसहित चार्चिङ स्टेशनलगायत संरचना बनाएर अझै प्रचारप्रसार गर्न सके वीरेन्द्रनगरको आन्तरिक आम्दानीको ठूलो स्रोत बुलबुले बन्न सक्ने उनको भनाइ छ । 
    बुलबुले घुम्न आउनुभएका टङ्कप्रसाद पोख्रेलले पनि बुलबुले आफैँमा महत्त्वपूर्ण र घुम्नलायक ठाउँ रहेको भन्दै आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक भित्र्याउनेगरी सरकारले काम गर्नुपर्ने सुझाव दिए । “अझै आकर्षक र हेर्नलायक बनाउन सक्नुपर्छ, यही प्रदेश सरकार पनि भएको हुँदा स्थानीय र प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्छ”। उनी भन्छन् । 
    बाहिरबाट सुर्खेत आएपछि बुलबुले घुम्न जाने गरेको उल्लेख गर्दै शिक्षक कमला खतिवडाले पनि अझै सबैको रोजाइ हुनेगरी बुलबुले उद्यान निर्माण गरिनुपर्नेमा जोड दिए। व्यवसायी ओमप्रकाश तिवारीले बुलबुले, काँक्रेबिहारलगायत पर्यटकीय क्षेत्रलाई पर्यटकको रोजाइ बन्नेगरी योजना बनाउनुपर्ने भन्दै यसले अर्थतन्त्रलाई टेवा पुग्न सक्ने सुझाव दिए । पर्यटकको आकर्षक बनाउन सके कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यवसाय पनि बढ्थ्यो, रोजगारी सृजना हुन्थ्यो भने अर्कातर्फ विदेशिनुपर्ने बाध्यता कम हुने थियो ।
 
अर्का व्यवसायी रमेश खड्काको मत पनि त्यस्तै छ । बुलबुलेको पहिचानलाई जोगाउँदै देश तथा विदेशका पर्यटक भित्र्याउनेगरी योजना बनाउनुपर्ने उनले बताए । प्रदेश राजधानीमा रहेको बुलबुले, काँक्रेबिहार र देउती बज्यैजस्ता पर्यटकीय क्षेत्रलाई व्यवस्थित तथा प्रचारप्रसार गरी आन्तरिक आम्दानी बढाउन सकिने सरोकारवालाको सुझाव छ । कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पहिचानसँगै कर्णाली घुम्न आउने वातावरण बनाउनेगरी योजना बनाइएको भन्दै सबै पक्षलाई  कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरेको छ ।

    • बुलबुले ताल
    • सुर्खेत
    आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ
    दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै
    धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते
    जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी
    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    लोकप्रिय

    • १.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • २.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • ३.
      कठोर उपमेयर धन कुमारी शाही

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ६.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    भर्खरै

    • १.
      देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ

    • २.
      दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै

    • ३.
      धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते

    • ४.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • ५.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • ६.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ७.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ८.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.