काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको मध्यरातमा मृत्यु भएको छ। शुक्रबार राति करिब १० बजे उनको मृत्यु भएको हो ।
आफ्नो कोठामा अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उनको मृत्युको कारण खुल्न बाँकी छ। उनी माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्ण मा काम गरेका थिए ।केही दिनयता उनी बिरामी रहेको आफन्तले बताएका छन्। अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालय जाने\आउने गरेका थिए। नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ।