आठबिसकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आठबिसकोट नगर समितिका नवनिर्वाचित अध्यक्ष मणिराज बटालाले आन्तरिक एकताबाट पार्टीलाई ससक्त र जनमुखी पार्टी बनाउन सकिने बताएका छन्। अध्यक्ष बटालाले निर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिदैँ पार्टी का प्रतिनिधिहरुले आफूलाई सक्रिय ठानेर जुन जिम्मेवारी दिए त्यस ठाउँमा सक्रियताका साथ लाग्ने र सबै सँग सहकार्य तथा एकताबद्ध भएर अगाडी बढ्ने बताए ।
पार्टी भित्र सबैको सहभागिता र ससक्त भूमिका बनाउनका लागि आफू कटिबद्ध भएर लाग्ने उनको भनाई छ । ‘म नगर समितिमा अध्यक्ष निर्वाचित भएकाले मेरो जिम्मेवारी पनि थपिएको छ,’ उनले भने । पार्टीलाई सशक्त, लोकप्रिय र जनताको पार्टी बनाउन आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ ।
उनले भने, पार्टीले आगामी दिनमा लिने रणनीति तथा समसामयिक राजननीतिक घटनाको गहिरो विश्लेषण, अध्ययन र पार्टीले खेल्नु पर्ने भूमिकाको गहन छलफल गर्ने थलो भएकाले मैले नवीनतम सोचको प्रवाह गर्छु भनेर निर्वाचनमा प्रतिस्पर्धामा आउनु स्वाभाविकै थियो । एउटा जीवन्त पार्टीमा यो हुन्छ नै, यसलाई अन्यथा लिनु हुँदैन । अब सबै प्रतिस्पर्धी साथिहरु सँगै मिलेर एकताका साथ पार्टीलाई बलियो बनाउन तर्फ लाग्नुपर्छ ।