आठबिसकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आठबिसकोट नगर समितिको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । पार्टीको तेस्रो नगर अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा आज निर्वाचन मार्फत चयन हुने माओवादी केन्द्र आठबिसकोटले जनाएको छ ।
पुस १३ र १४ गते देखि सुरु भएको नगर अधिवेशनबाट नयाँ समिति निर्वाचित गर्नुपर्ने छ । जस अनुसार अध्यक्ष पदका लागी चार जनाको उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागी मणिराज बटाला, लोकेन्द्र यरी, टिकाराम सुनार र धन बहादुर बस्नेतले उम्मेदवारी दिएको बताईएको छ । उपाध्यक्षमा केशरमान विक, कर्ण बहादुर विक , खुम्मे कुसारी, टेक बहादुर थापा, सिता शाह र गोर्ख बहादुर कामीले उम्मेदवारी दिएका छन । त्यस्तै सचिवमा गोविन्द खड्का र दलजित नेपालीले उम्मेदवारी दिएका छन्।
यस अघि कोषाध्यक्ष मा रुपा विक निर्विरोध निर्वाचित भैसकेकी छन्। सर्वसम्मत सहमति नजुटेपछी अध्यक्ष सहित अन्य पदको लागी आज निर्वाचन हुने जनाईएको छ । उम्मेदवार आआफ्नै अडानमा रहँदा चारै जना विच चुनाव प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्र रुकुम पश्चिमले ६ वटै पालिकामा एकैचोटी अधिवेश गरेकोमा आठबिसकोट र चौरजहारी नगरपालिका बाहेक अन्य सबै ठाउँमा नयाँ नेतृत्व चयन भैसकेको छ ।
# हेडलाईन सच्याईएको : नेकपा हुनुपर्नेमा नेपका हुन गएको यस अघिको हेडलाईन सच्याईएको छ । सम्पादक