आठबिसकोट । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको ६ वटै पालिकामा एक साथ अधिवेशन सुरु हुदै छ ।
Advertisement
आज शनिबार सुरु भएर र भोलीसम्म चल्ने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने माओवादी केन्द्रका प्रचार विभाग प्रमुख मेगराज खड्काले जानकारी दिए ।
सबै पालिकामा आज उत्सवका रुपमा अधिवेशन आयोजना गरिएको माओवादीले जनाएको छ । रुकुमका तीन नगरपालिका र तीन गाउँपालिकामा एकै साथ अधिवेशन हुदै छ ।
आज देखि सुरु हुने अधिवेशन मार्फत सात पदाधिकारीसहित गाउँ कमिटी ४५ जनाको र नगर कमिटी ५५ जनाको हुने बताईएको छ । पालिका अधिवेशनका लागी पार्टीले पालिका अधिबेशन कार्यविधी, २०८१ निर्माण गरेको थियो ।