काठमाडौं । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थी बाट शुल्क नलिने निर्णय गरेर राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ । अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने निर्णय गरेको छ ।
Advertisement
राष्ट्रिय परीक्षा बोर्डले गरेको उक्त निर्णय कार्यान्वयन भएमा हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच लाख विद्यार्थीले परीक्षा फाराम र रजिस्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन।