आठबिसकोट । जाजरकोटको नलगाड नगरपालिकामा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा- ९, बटालागाउ घर भइ हाल नलगाड नगरपालिका वडा नम्बर ७ खगेनकोट, ससुरालीमा बस्दै आएकी ४१ वर्षकि धनी दमाईको बिहिवार बेलुका ५ बजेतिर बाख्रा चरान गएको अवस्थामा लडेर मृत्यु भएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार लडेर घाइते भएकी धनीलाई उपचारका लागी जाजरकोटको दल्लीमा रहेको नलगाड नगर अस्पतालमा लिईएको थियो। तर उनलाई अस्पतालले मृतक घोषणा गरेको जनाईएको छ ।
घरदेखि एक किलोमिटर दुरी टाढा रहेको भिरबाट लडेर मृत्यु भएको हो । शवको मुचुल्का उठाएर आफन्त लाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।