• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ९. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • १०. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

आठबिसकोटका किसानले तीन वर्ष देखि पाएनन किवीको पैसा , बजार नपाउँदा किवी कुहिने पिर

"वाइन उधोगमा तीन वर्ष अघि विक्रि गरेको किवीको पैसा अहिले सम्म नपाएको गुनासो "

  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ की सिला कुमारी बाँठाले वर्षेनी १५ क्विन्टल किवी उत्पादन गर्छिन्। व्यावसायिक रूपमा केही वर्षदेखि किवीको खेती गर्दै आएकी उनलाई किवी नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्ता र पाकिसकेपछी बजार नपाईदा कुहिने भन्ने डरले उनलाई थप चिन्ता थपिन्छ । खेती योग्य जमिनमा किवी र सुन्तलाका तीन सय विरुवा लगाएर सिला कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर व्यवसाय गर्दै आएका सिला जस्तै आठबिसकोटका दर्जनौँ किसानको पिडा उस्तै छ । केही वर्ष देखि किवी खेती गर्दै आएकी सिलालाई वर्षेनी चिन्ता बढ्दै जान्छ । वर्षेनी कर तिर्ने र पालिकामा फर्म नविकरण गर्ने मात्रै कमाउन समेत मुस्किल पर्न थालेको छ । दुख गरेर उत्पादन गरिन्छ । विक्रि नहुँदा किन फर्म खोलेछु । भनेर आफैलाई पछुतो लाग्छ उनी भन्छिन्।

    Advertisement

    उनले करिब तीन हजार वर्गमिटर जमिनमा किवी र सुन्तलाको खेती गर्दै आएकी छन्। यस वर्ष उत्पादन भएको मध्ये करिव ५ क्विन्टल किवी स्थानीय व्यापारीलाई प्रति केजि ८० रुपैयाँका दरले बिक्री गरिसकेका र बाँकी रहेको झण्डै १० क्विन्टल कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल रहेको सिला बताउँछिन्। उनी भन्छिन, अघिल्लो वर्ष भन्दा यसपटक किवी धेरै फलेको छ । तर समयमै बेच्न नपाउँदा कुहिएर जाने डर पनी बढेको छ । ५ क्विन्टल जति स्थानीय व्यापारीलाई विक्रि गर्न दिइएको छ । किवी नपाक्दा सम्म रोग लाग्ने डर पाकेपछी बजार मुल्य नपाईने र विक्रि नहुँदा थप चिन्ता थपिन्छ । परिश्रमको न त मुल्य उठ्छ । कति त गाउँघरमा बाढेर पनी सकिन्छ । बजारमा बेच्ने बजार छैन्। घरमा राख्यो कुहिन्छ ।

    उक्त वडाको नजिकै झिन्चौरमा रहेको कर्णाली वेभरेज प्राली लाई वाइन उत्पादनको लागी विक्रि गरेको किवीको पैसा समेत नपाएको बाँठाले बताईन्। पहिलो वर्ष प्रति केजी १५० का दरले उक्त कम्पनीलाइ किवी बेचेपनी तीन वर्ष देखि पैसा नपाएको उनको गुनासो छ । झण्डै ५० हजार पैसा कम्पनी नदिएको उनले बताईन्। पैसा नदिएपनी अनेत्र किवी बिक्रि नहुने हुँदा त्यही कम्पनीलाई गुहार गरेर किवी उधारो बेच्न बाध्य भएको उनको भनाई छ । उनका अनुसार होलसेल प्रतिकिलो एक सय रुपैयाँ र फाट्टफुट्ट रु. एक सय ५० का दरले बिक्री गरेको उनले बताईन । मेहनत गरेर उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनको भनाई छ । सिला बताउँछिन, पहिले उचित अनुदान र फर्मको लागी घेराबार पनि उपलब्ध बनाउने प्रलोभन देखाएर वडा र नगरपालिले फर्म दर्ता गर्न अनुरोध गरे तर आजभोलि उत्पादन भैसक्दा समेत कसैको ध्यान गएको छैन्।

    त्यस्तै अर्का किवि किसान शेर बहादुरको पनी व्यथा उस्तै छ । वर्षेनी १०-१२ क्विन्टल किवी उत्पादन हुन्छ । तर विक्रि हुँदैन । अरु ठाउँमा महङ्गो मुल्यमा विक्रि हुन्छ्। भन्छन तर हाम्रो किवी कहिल्यै विक्रि भएन । यताउती छरछिमेकलाई मकै सँग साटेर लैजान अनुरोध गर्छु । बचेको घर्मै रक्सी पारौंला भन्ने छ । पाके लगत्तै टिपेर राखेको किवी कुहिएर खेर गैरहेको उनको भनाई छ । उनीहरु जस्तै जिल्लाभर दर्जनौं किसानले उत्पादन गरेको उपज विक्रि नहुँदा समस्यामा परेका छन्।

    आठबिसकोटको बार्खु, भयाउने, गोईरी, स्यालाखदी गोतामकोट लगायतका ठाउँका दर्जनौं किसान बजार नपाउंदा निरास छन्। बजारीकरण नभए पनि शीतभण्डार (कोल्डस्टोर) भए पनि केही राहत मिल्ने किसानको भनाइ छ। यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती सुरु गरेका थिए तर उत्पादनसँगै बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन्। सुन्तला, स्याउ समेत विक्रि गर्न किसानलाई मुस्किल पर्ने गरेको छ । किवीको सेवनले मुटुलाई स्वस्थ राख्न, आँखाको ज्योति बढाउन, क्यान्सरबाट बचाउन र रगतलाई सफा राख्न मद्दत पुग्ने फाईदाजनक भएको फलले मुल्य नपाउँदा किसानलाई थप समस्या थपिएको उनीहरुको गुनासो छ ।

    • किवी
    • किवी किसान
    बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला
    सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
    रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान
    सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा
    आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी
    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

    • २.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ३.
      रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

    • ४.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ५.
      आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

    • ६.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • ७.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ८.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.