दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–७ का २५ बर्षीय विराट शर्मा र मोटरसाइकलमा पछाडी सवार उहाँकै बुवा ५१ बर्षीय भोलानाथ शर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको थियो ।
उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा १ प ३२१२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ३ प ६०४४ नम्बरको मोटरसाइकल तुलसीपुर–१८ डाँडागाउँ नजिकै आज बेलुका सवा ५ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी रा ३ प ६०४४ नम्बरको मोटरसाइकलमा सवार बुवाछोरा घाइते भएका हुन् । घाइते दुबैजनाको तुलसीपुर सिटि हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबिच दाङको तुलसीपुरमा स्कुटी दुर्घटना हुदा आमाछोरा घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ४० बर्षीया माया भण्डारी र स्कुटि चालक उहाँकै छोरा १८ बर्षीय अनुराग भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार तुलसीपुरबाट सल्यानतर्फ जादै गरेका लु प्र ०२–००१ ७३६२ नम्बरको स्कुटी तुलसीपुर–३ सिरखोला नजिकै आज बिहान ११ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका आमाछोरालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ ।