काठमाडौं । मंसिर १५ गतेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । एनपिएलअन्तर्गत आज एलिमिनेटर र क्वालिफायरका खेलहरु सञ्चालन हुँदैछन् ।
Advertisement
एलिमिनेटर खेल बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णालीबीच हुनेछ । यो खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउनेछ । पराजित हुने टोली एनपिएलबाट बाहिरिने छ ।
दिउँसो १ बजे पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम र दोस्रोको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ ।