काठमाडौँ, नेपाल पत्रकार महासङ्घको २८ गते हुने महाधिवेशनमा नेतृत्वका लागि सत्तारुढ दल एमाले र कांग्रेस निकट प्रेस चौतारी र प्रेस युनियनबिच भागबन्डा भएको छ ।
Advertisement
चौतारी र युनियनका नेताहरूबिच गएराति भएको छलफलमा महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद लिने भएको छ भने युनियनले ८ पदमा उम्मेदवारी दिने भएको छ । जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने सहमति भएको प्रेस चौतारीका उपाध्यक्ष राजेश राईले बताए ।
उनका अनुसार चौतारीले केन्द्रीय अध्यक्ष,महिला उपाध्यक्ष,आदिवासी जनजाति सचिव,कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ भने बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी दिने सहमति भएको छ ।