आठबिसकोट । जाजरकोटमा गएराति भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जनाईएको छ । केसी र हमाल चालक र सहचालक भएको बताईएको छ ।
Advertisement
उनीहरु भेरी नगरपालिका–७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा मजदुरी गर्दै आएका मजदुर हुन्। घाइते अर्का दाङका कमल चौधरीको उपचार जारी छ।’