नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजविरुद्ध कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले चौथो ओभरको खेल जारी रहँदा २ विकेट गुमाएर २६ रन बनाएर खेलिरहेको छ।
ओपनर देव खनाल १ रन बनाउँदा करण केसीको बलमा एलबीडब्लु धरापमा परे।
चाडविक वाल्टन २१ रन बनाउँदा गेहार्ड इरासमसको बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे।
क्रिजमा शिखर धवन ३ रनमा नटआउट छन्।