आठबिसकोट । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवका लामिछाने विजयी भएकी छन्। देवकाले ४२ सय ७२ मत ल्याएर विजयी बनेकी हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत प्राप्त गरिन्।
Advertisement
त्यस्तै नेकपा एमालेकी उम्मेदवार सुनिता बोहोराले २५४२ मत रास्वपाले १७९ मत प्राप्त गरेको छ । यस अघि नेपाली काँग्रेसले जितेको नलगाडमा यसपटकको उपनिर्वाचनमा माओवादीले जितेको छ ।