आठबिसकोट । जाजरकोटको नलगाड नगरपालिकामा उपाअध्यक्ष पदका उम्मेदवार हरुको मतगणना जारी छ । नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र विच तिव्र प्रतिस्पर्धा रहेको नलगाडमा माओवादीका उम्मेदवार देवका लामिछानेको अग्रता कायम रहेको छ ।
Advertisement
माओवादीका उम्मेदवार लामिछानेलाई ३२ सय ९० भोट प्राप्त हुँदा काँग्रेस उम्मेदवार इन्द्रा चन्द सिंहलाई २२ सय ८८ मत प्राप्त भएको छ । माओवादी केन्द्रले एक हजार भोटले अग्रता लिरहेको छ ।