आठबिसकोट । जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका खम्बबहादुर सिंह विजयी भएका छन्।
Advertisement
आज भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीलाई १५ मतले पराजित गर्दै सिँह विजयी भएका हुन्। विजयी भएका सिंहले ३४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे।
नेकपा एमालेका डम्बरबहादुर घर्तीले २५२ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल बहादुर खत्रीले ७ मत प्राप्त गरे। स्थानीय तहको उपनिर्वाचन अन्तर्गत आज भएको मतदानमा यहाँ ९५६ मत खसेको थियो १६ मत बदर भएको छ । यसअघि माओवादीका मनबहादुर घर्ती निर्वाचित भएका थिए।