काठमाडौं । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो । फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो ।
Advertisement
१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जना गम्भीर घाइते भएको जानकारी दिए । गाडी सडकबाट करिब ३०० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।