काठमाडाैँ । सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । सोमबारको तुलनामा सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घटेर मंगलबार प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
सोमबार एकैदिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । १५ कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ ।