आठबिसकोट । रुकुम पश्चिमको अठबिसकोट नगरपालिका-१० स्थित घारीखोलामा छोराले चक्कु प्रहार गरेर आफ्नै बुवाको हत्या गरेका छन्। घारीखोलाका स्थानीय अन्दाजी ४६ वर्षका दर्बे केसी लाई आफ्नै छोरा अन्दाजी १८ वर्षका छोरा बिर बहादुर खत्रीले पेटमा चक्कु हानेर हत्या गरेका हुन्।
Advertisement
स्थानीयका अनुसार आइतवार बेलुका घरमै केसीका छोराले हत्या गरेको बताईएको छ । बिर बहादुर चक्कु प्रहार गरेर भागेको र अहिले प्रहरी घटनास्थलमा गैरहेको बताइन्छ । घटना बारे थप अनुसन्धान भैरहेको छ । थप विवरण आउन बाँकी छ ।