• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

भारु १०० को १६६ रुपैयाँ तिर्न बाध्य छन् नेपाली ग्राहक


  •   शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
  • तिहार र छठका लागि महोत्तरीको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुका लागि रु एक सय ६६ नेपाली तिरिरहेका छन्।

    Advertisement
    नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा ६ रुपैयाँ बट्टा (कमिसिन) तिर्नुपरेको जलेश्वर नगरपालिका-२ का ग्राहक सुदीश साहले बताए।

    महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेको अवस्थामा भारतीय व्यापारीले मनपरी ढंगले नेपाली पैसामा बट्टा (कमिसन) लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका-८ का ग्राहक राजु मण्डलले बताए।

     

    उनले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली रु एक सय ६६ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताए।

    जलेश्वर-४ भिठ्ठामोडमा कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी बन्दना पाण्डेसँग त्यहाँका व्यापारीले नेपाली रु एक हजारको सरदर भारु ६ सय मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौँ भनेपछि त्यत्तिमै कारोबार गरेर आएको उनले बताइन्।

    त्यस्तै पिपरा गाउँपालिका-७ बाट सुरसण्ड बजारमा सामान किन्न गएका वैद्यनाथ चौधरीले पनि नेपाली रु एक हजारको सरदर भारु ६ सयमा कारोबार गरेको बताए। एकडारा गाउँपालिका-४ बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरिद गर्न सुरसण्ड बजार पुगेका स्थानीय रामनाथ राय र शिवशङ्कर रायले पनि आफूहरूले त्यहाँ किनमेल गर्दा भारु एक सयको लागि रु एक सय ६६ तिर्नुपरेको बताए।

    त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर-२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताए। नेपालीसँग भारतीय बजारमा व्यापारीले भारु एक सयका लागि रु एक सय ६६ लिएका छन् भने यसका अलावा महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली रु एक सय ६६ लिने गरेका छन्।

    बजारमा भारतीय पैसाको अभाव हुनु र नेपाली ग्राहकले रु ६ सम्म अतिरिक्त पैसा तिर्नुपरेको छ। सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले रु एक हजार बराबर नेपाली रु एक हजार ६ सय दिएमात्र पाउने गरेको र कुनै कुनै ठाउँमा रु ७/८ सम्म पनि बट्टा (कमिसिन) लिने गरेको एक ठूला व्यापारीले बताएका छन्।

    यता नेपाली बजारमा मालवस्तु महँगो र भारतीय बजारमा सस्तो भएको र बट्टा लिएर पनि भारतीय बजार नै ठीक रहेकाले नै महोत्तरीका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेको छ।

    • भारु
    शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
    रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान
    सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा
    आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी
    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो
    आज फेरी बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • २.
      रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

    • ३.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

    • ५.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • ६.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ७.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    • ८.
      घट्यो पेट्रोलको मूल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.