• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

सामुदायिक विद्यालयमा खेल प्रशिक्षण सुरु गर्दै काठमाडौँ महानगर


  •   सोमबार, असोज २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ । स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी गराउने गरी कार्यक्रम सञ्चालन गर्न लागेको सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले जानकारी दिनुभयो । यसका लागि १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका छन् ।

    Advertisement

    पोखरेलका अनुसार कार्तिकमसान्तभित्र छनोट प्रक्रिया सम्पन्न गर्ने योजना छ । छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ । प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइनेछ । यसअन्तर्गत मंसिर, पुस र माघ गरी करिब ३ महिना तालिम दिएर माघको अन्तिम महिनामा प्रतियोगिता आयोजना गर्ने तयारी छ ।

    जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिनेछ । खेलका तालिम चलाउन नियमित कक्षा अगाडि, पछाडि, विदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिनेछ ।

    यसरी आयोजना हुने प्रतियोगितालाई अन्तरराष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिनेछ । यसमा हार र जितभन्दा पनि खेल क्षेत्रको प्रवर्धनका मानकहरुलाई नतिजा प्राप्तिको सूचक बनाइनेछ ।

    प्रशिक्षणका लागि १७ विधाका खेल छानिएका छन् । यसरी छानिएका खेलहरु क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो–खो, एथलेटिक्स, बास्केटबल, टेवुल टेनिस, कराँते, पौडी, कवर्दी, इ–स्पोर्टस्, जुडो, व्याटमिन्टन, चेस र उसु हुन् ।

    महानगरपालिकाले पुस्तकरहित शुक्रबारका कार्यक्रमअन्तर्गत कक्षा १ देखि कक्षा ३ सम्म ‘एकीकृत सिकाइ’, कक्षा ४ देखि ८ सम्मका बालबालिकाका लागि २२ वटा विधामा ‘सिर्जनात्मक सिकाइ’ तथा कक्षा ९ र १० का बालबालिकाका लागि १० विधामा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कक्षा ११ र १२ मा ड्रोन र रोवोटिक्सका कक्षा सञ्चालन तयारी गरेको छ । कार्यक्रम महानगरपालिकाका सबै सामुदायिक विद्यालयमा कार्यान्वयन गरिएको छ ।

    सोमबार, असोज २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित
    रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला
    आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?
    आज यी ठाउँमा हुँदै छ भारी वर्षा
    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • २.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    • ५.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ६.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.