आठबिसकोट । चाडपर्व लक्षित आठबिसकोट नगरपालिका ११ नम्वर द्वारा बजार अनुगमन गरिएको छ । चाडबाडमा हुने कालोबजारीतथा म्याद गुज्रीएका मालसमान बिक्रिवितरण हुनसक्ने भन्दै वडाले अनुगमन सुरु गरेको हो ।
वडाको सिमबजार, चौर र चिसापानी लगायतका बजारहरुमा गत २० गतेदेखि बजार अनुगमन गरिएको वडा कार्यालयले जनाएको छ ।अनुगमनमा वडामा कार्यरत कर्मचारी, जनप्रतिनिधि, नगरप्रहरी नेपाल प्रहरी लगायतको संयुक्त टोलिले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा सबैभन्दा बढी सिमबजार क्षेत्रमा दर्ता नगरी सञ्चालन भएका, नविकरण नगरी व्यवसायी सञ्चालन भैरहेको र म्यादगुज्रीएका मालसमान फेला परेको जनाईएको छ । अनुगमनमा खाध्य, दैनिक उपभोग्य वस्तु सहित दश हजार बराबरको म्याद गुज्रीएकोसामान नष्ट गरिएको वडाका कृषि प्राधिक मनोज बिष्टले बताए । चाडबाडमा हुने कालोबजारी नियन्त्रण तथा व्यवसायीलाई करकोदायरामा ल्याउन बजार अनुगमन गरिएको उनले जानकारी दिए।