भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ।
Advertisement
घटनामा अन्य केही घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ। देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो। मृतक सबै एकै परिवारका सदस्य थिए।
भुइँतलामा पसल र पहिलो तलामा आवासीय एकाइ रहेको दुईतले भवनमा आगलागी भएको हो। सुतिरहेका बेला आगलागी हुँदा ७ जनाको मृत्यु भएको हो। रासस/सिन्ह्वा