मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले मंगलबार प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।
Advertisementउनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो। दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत असोज ६ मा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टिका संग्रौलाले उजुरी दिएपछि ब्यूरोले अदालतबाट अनुमति लिएर प्रसाईंलाई असोज ६ गते पक्राउ गरेको थियो। प्रसाईलाई प्रहरीले ८ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा
तपाईको प्रतिक्रिया