नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको सँगै दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १ सय ५७ कायम गरिएको छ भने डिजेल तथा मट्टितेल १ सय ४६ रुपैयाँ कायम तोकीएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १ सय ४७ प्रतिलिटर कायम भएको छ ।
सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ र डिजेल र मट्टितेल १ सय ४६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १ सय २६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९ सय ६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८ सय ६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।