कोसी ब्यारेजमा आवतजावत बन्द गरिएको छ। अविरल वर्षाको कारण पानीको बहाव बढेपछि ब्यारेजमा सवारी साधन तथा मानिसहरूको आवतजावत पूर्ण रुपमा बन्द गरिएको हो।
Advertisement
पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ३१ हजार क्यूसेक पार गरेर खतराको संकेत समेत पार गरेपछि आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, सुनसरीले जानकारी गराएको छ।
शनिबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिए।